बिशाल काफ्ले खत्रीद्वारा नेकपा एस परित्याग, छिट्टै एमालेमा प्रवेश गर्ने

राष्ट्रपाटी न्युज

३० श्रावण २०८१

काठमाडौं । नेकपा एकीकृत समाजबादी निकट युवा संघ नेपालका केन्द्रिय आयोजक कमिटि सदस्य बिशाल काफ्ले खत्रीले नेकपा एकीकृत समाजबादी परित्याग गरेका छन्। राष्ट्रपाटिसंग कुरा गर्दै उनले नेकपा एस पार्टिको साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको जानकारी दिएका हुन्।

२०६८/६९ मा अनेरास्ववियु क्रान्तिकारी दोलखा जिल्ला सचिवालय सदस्य रहेका उनि नेकपा विभाजन पछि उक्त संगठनको बुढानिलकण्ठ नगर कमिटिको उपाध्यक्ष हुँदै पछि केन्द्रिय सदस्य बनेका थिए।

नेकपा एकीकृत समाजबादीको १० औं महाधिवेशनमा नेताहरुको प्रवृतिदेखि असन्तुस्ट बनेको उनि बताउँछन्। जनताले सोचेजस्तो काम गर्ने पार्टि बनाउन सकिन्छ भनेर एकीकृत समाजबादीलाइ विद्रोहको बेला साथ दिएको भएपनि पार्टि भित्र देखिएको अराजकता,व्याक्तिबादी प्रवृति देख्दा लाज लागेर पार्टी परित्याग गरेको उनले बताएका छन्।

यसैबीच खत्री केहि दिनमै नेकपा एमालेमा प्रवेश गर्न लागेको विशेष स्रोतले जानकारी दिएको छ।


Published :३० श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media