सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

राष्ट्रपाटी न्युज

साउन ३०, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाए छन् । बुधबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यहीअनुसार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक थियो । तर मुख्यमन्त्री शाहले ३६ मत पाए । बुधबारको प्रदेश सभा बैठकमा ४५ सांसद उपस्थित थिए ।

शाहलाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वास दिए । विश्वासको मतको विपक्षमा ८ र तटस्थमा १ मत झरेको छ ।


Published :साउन ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media