कराते प्रतियोगिताका लागि जापान जाँदै गरेका वडाध्यक्ष राजु अधिकारीको विदाई

बुढानीलकण्ठ। नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन टिम म्यानेजर एवं बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी जापान जाने भएका छन्। नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन ४ खेलाडीसहित जापानको टोकियो जान लागेका टिम म्यानेजर एवं बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीलाई बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुले शुभकामनाका साथ विदाई गरेका छन्।

अगष्ट २४ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमुनि एलन श्रेष्ठ, ६७ केजीमुनि अनिल उपरकोटी र ३५ केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ४० केजीमुनि सुस्मिता वाइबाले खेल्ने छिन् ।

टोली प्रमुखमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियलमा राजु अधिकारी छन् ।

एलन छैटौं, सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । सुस्मिताले सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । आरोनले मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । अनिलको भने यो डेब्युु अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।


Published :५ भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media