बुढानीलकण्ठ १३ चुनिखेलमा चुनिख्य: चुनिदेवी मन्दिरको भव्य रुपमा उद्घाटन

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको ऐतिहासिक चुनिख्य: चुनिदेवी मन्दिर,चुनिख्य: द्वार र चुनिख्य: फल्चाको उद्घाटन समारोह सम्पन्न भएको छ। पुर्वराष्ट्रपति विधादेवी भण्डारीद्वारा एक बिशेष समारोहका बीच आज उक्त सम्पदाहरुको उद्घाटन भएको हो।

चुनिख्य: चुनिदेवी मन्दिर पुनर्निर्माण उपभोक्ता समितीद्वारा आयोजित बिशेष समारोहमा पुर्वराष्ट्रपति विधादेवी भण्डारीका अतिरिक्त , नेकपा एमालेका नेता डा राजन भट्टराई, बागमती प्रदेश सदस्य जयराम थापा, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारि, उपप्रमुख अनिता लामा ,नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला , नेकपा एमाले बुढानीलकण्ठका अध्यक्ष प्रदिप डंगोल, वडा नम्बर १३ का वडाध्यक्ष टिकेश नारायण श्रेष्ठ लगायत अन्य वडाध्यक्षहरु, पुर्ब वडाध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायत अन्य जनप्रतिनिधिहरु ,चुनिखेल तथा बुढानीलकण्ठ नगरपालिका क्षेत्रका स्थानीयहरुको बाक्लो उपश्थिति रहेको थियो।

चुनिख्य: चुनिदेवी मन्दिर पुनर्निर्माण उस परिवारका अध्यक्ष सन्त भाइ श्रेष्ठ(सागर) को अध्यक्षतामा सम्पन्न समारोहको संचालन वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले गरेका थिए भने पुर्ब वडाध्यक्ष श्री कृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा पुर्वराष्ट्रपति विधादेवी भण्डारी,नेकपा एमालेका नेता डा राजन भट्टराई, बागमती प्रदेश सदस्य जयराम थापा, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारिले आफ्नो मन्तव्य राखेका थिए।

समारोहमा ऐतिहासिक चुनिख्य: चुनिदेवी मन्दिर निर्माणको लागि बिभिन्न सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमको शुरुवातमा बिभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो।

उक्त सम्पदाहरुको निर्माणकालागि स्थानीयहरुबाट झन्डै ६० लाख बराबरको सहयोग प्राप्त भएको थियो भने उक्त योजना झन्डै १ करोड ३८ लाखमा सम्पन्न भएको थियो।


Published :भदौ १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media