बेलायतमा छायांकन गरिएको तीज गीत ‘गाजल टिकी’ बजारमा

लण्डन। सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको ‘गाजल टिकी लाउने हो’ तीज गित रिलिज भएको छ । सुनील राईको संगीत, पुष्कर खत्रीको एरेन्ज रहेको म्युजिक भिडियोलाई यूके निवासी सुमन श्रेष्ठले खिचेका हुन् ।

यूकेमै छायांकन गरिएको यो भिडियोलाई सविना श्रेष्ठले कोरियो गरेकी छिन् । अंशु बस्नेतको मेकअप रहेको गाजल टिकी लाउने हो गीतलाई चर्चित गायिका रचना रिमालले आवाज दिएकी हुन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूके (इनास) ले बजारमा ल्याएको ‘गाजल टिकी लाउने हो’ गीतको लिड रोलमा कलाकारहरु सविना श्रेष्ठ, अंशु बस्नेत, मञ्जु शाह, सर्वेन्द्र अधिकारी, पण्डित नीलहरि घिमिरे आदिको अभिनय रहेको छ ।

नेपाली कला, भाषा, संस्कृतिको प्रवद्र्धनमा स्वेदश तथा विदेशमा बस्ने दिदीबहिनीहरुका लागि हरितालिका तीजलाई लक्षित गर्दै यो सभ्य श्रव्य तथा दृश्य सामग्रीलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेले व्यवस्थापन गरेको हो ।


Published :भदौ १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media