भियतनाममा चक्रवात आँधीका कारण ५९ जनाको मृत्यु, करोडौँको क्षति

काठमाडौँ । भियतनाममा वेगवान् चक्रवात आँधीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ। चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाउँदा कम्तिमा १० करोडभन्दा बढीको क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेकोपछि रेड अलर्ट जारी गरिएको छ भने सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

काओ बङ्ग प्रान्तमा बर्षापछि आएको पहिरोले सोमवार मात्रै २० जना सवार बसलाई बगाएको छ।

फु थो प्रान्तमा सोमवार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना वेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ।

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो। देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ।

आँधीपछि परेको वर्षाले आएकोे बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन्।

बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ । (एपी/रासस)


Published :भदौ २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media