लुम्बिनीका वनमन्त्री कुर्मीद्वारा राजीनामा

बुटवल । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।

कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन भइरहेको छ ।


Published :भदौ २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media