शिक्षिका बस्नेतको बिदाइ तथा सम्मान कार्यक्रम (फोटो फिचर)

राष्ट्रपाटी न्युज

३१ भाद्र २०८१

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयले विद्यालयमा अध्यापनरत शिक्षिका एलिना बस्नेतको बिदाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० मा रहेको सो विद्यालयले विगत २ वर्षदेखि बाल विकास तहमा अध्यापनरत शिक्षिका बस्नेतको बिदाइका अवसरमा सम्मान कार्यक्रमको आयोजना भदौ ३१ गते आइतबार गरेको हो ।

उच्च शिक्षा अध्ययनका लागि नेपालबाट क्यानडा जान लागेकी शिक्षिका बस्नेतलाई विद्यालय व्यवस्थापन समितिकी सदस्य पवित्रा रानामगर, विद्यालयका प्रधानाध्यापक विनोद पण्डित, परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, निमावि तह इन्चार्ज नगेन्द्र खरेल, पूर्व प्रधानाध्यापकहरु होमप्रसाद वाग्ले तथा अहिल्या भट्टराईलगायतका शिक्षकशिक्षिकाहरुले टीका, खादा, सम्मानपत्र तथा नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर सम्मान गरेका थिए ।

निमावि तह इन्चार्ज नगेन्द्र खरेलले सञ्चालन गरेको बिदाइ तथा सम्मान कार्यक्रममा विद्यार्थीहरुले समेत टीका लगाएर शिक्षिका बस्नेतलाई सम्मान गरेका थिए ।

सो अवसरमा मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक विनोद  पण्डितले शिक्षिका बस्नेतको कार्यकुशलताको उच्च मूल्यांकन गर्दै प्रशंसा गरेका थिए । आफ्नो उज्ज्वल भविष्यको खोजीमा पिआर पाएर क्यानडा प्रस्‍थान गर्न लागेकी एक होनहार, विषयवस्तुमा अब्बल र प्रिय शिक्षिका बस्नेतले बाल विकास तहलाई उत्कृष्ट बनाउने कार्यमा अतुलनीय योगदान पु-याएको प्रधानाध्यापक पण्डितले बताए ।


Published :३१ भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media