श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

काठमाडौँ । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। दोस्रो पटक मतगणना गर्दा दिसानायके राष्ट्रपति निर्वाचित भएको श्रीलंकाको निर्वाचन आयोगले जनाएको छ।

श्रीलंकामा भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो ।

आयोगका अनुसार अनुरा कुमारा दिसानायके (एकेडी) र सजीथ प्रेमदासालाई छाडेर बाँकी उम्मेदवार दौडबाट बाहिर भएका थिए। निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि राष्ट्रपतिको दौडबाट बाहिरिएका थिए ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। यदि कुनै पनि उम्मेदवारले त्यो मत पाउन सकेनन् भने मतदाताले दोस्रो र तेस्रो छनोटका रुपमा दिएको मत गणना हुने व्यवस्था छ।


Published :अशोज ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media