नक्खु खोलाले बगाउँदा चारजना बेपत्ता

राष्ट्रपाटी न्युज

अशोज १२, २०८१

काठमाडौँ । नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई  खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् ।

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Published :अशोज १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media