आइपिलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने

राष्ट्रपाटी न्युज

अशोज १३, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आउदो सिजनदेखि खेलाडीले हरेक खेलमा साढे ७ लाख भारु म्याच फिस पाउने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले अब हरेक खेलाडीले आइपिएलको एक खेलको म्याच फिस साढे ७ लाख भारु पाउने जानकारी दिएका हुन् ।

आइपिएलका सबै लिग खेल खेल्ने खेलाडीले एक सिजनमा एक करोड ५ लाख भारु फ्रेन्चाईजीसँगको सम्झौता बाहेकको रकम म्याच फिस बापत पाउने भएका हुन् ।

आइपिएलले म्याच फिसका लागि हरेक फ्रेन्चाईजीलाई एक सिजनमा १२ करोड ६० लाख भारु छुट्याएको सचिव शाहले जानकारी दिएका छन् ।

शाहले खेलाडीका लागि आइपिएलमा नयाँ युग शुरु भएको बताएका छन् ।


Published :अशोज १३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media