श्रीलङ्कामा क्यान्सरबाट १९ हजारको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज २७, २०८१

काठमाडौँ । श्रीलङ्कामा एक वर्षको अवधिमा १९ हजार जनाको क्यान्सरका कारण मृत्यु भएको छ।

श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा गत वर्ष श्रीलङ्कामा ३३ हजारभन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताए।

यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर बढी देखिएको छ।

महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो। (रासस/सिन्ह्वा)


Published :अशोज २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media