सबै नेपाली शान्ति सैनिक लेबनानमा सुरक्षित छन्ः नेपाली सेना

राष्ट्रपाटी न्युज

अशोज २९, २०८१

काठमाडौँ । लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका छन् ।

लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने प्रवक्ता केसीले बताएका छन् ।

हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक रहेको जानकारी दिँदै प्रवक्ता केसीले भनेका छन् “शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ ।”

 


Published :अशोज २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media