भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत

राष्ट्रपाटी न्युज

कार्तिक ६, २०८१

काठमाडौं । भारतको राजधानी दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत सावित भएको छ ।

विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए ।

विमानमा बम रहेको सूचना ह्वाटएपमार्फत आएको बताइएको छ । विमानमा बम नरहेको पुष्टि भएपछि विमानस्थल पुनः सुचारु गरिएको छ ।


Published :कार्तिक ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media