नेप्सेमा ४६.६९ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब १२ करोड

राष्ट्रपाटी न्युज

१३ कार्तिक २०८१

काठमाडौं  । सेयर बजारमा हरियाली छाएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा अडिएको छ। नेप्से उच्च अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन्। कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ।

सेन्सेटिभ इण्डेक्स ८.३३ अंकले बढेर ४८१.२८ विन्दुमा पुगेको छ।

यसदिन ३१९ स्क्रिप्सको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब ३४ करोड मूल्य बराबरको कारोबार भएको थियो।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट,सानिमा जीआईसी इन्स्योरेन्स,कुथेली बुखारी स्माल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्टको सेयर १० प्रतिशतले बढेको हो।


Published :१३ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media