तीन प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८१

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण आंशिकदेखि साधारणतया बदली रही पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ।

यसैगरी, बागमती र गण्डकीका पहाडी भूभागमा राति पनि हल्का वर्षा हुनेछ ।


Published :कार्तिक २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media