आज छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०८१

काठमाडौं । छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै छ ।

तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउन लागिएको हो । छठ पर्वको मुख्य दिन भएकाले सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

मिथिला क्षेत्रमा विशेष हर्षोल्लासपूर्वक मनाइने यो पर्वको रौनक पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि विशेष हुने गरेको छ । कुनै समय तराईमा मात्र मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको हो ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

शुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ ।


Published :कार्तिक २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media