थाहा पाउनुहोस् २०८१ कात्तिक २४ गते शनिबारको राशिफल

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०८१

काठमाडौँ । आज वि.सं २०८१ कात्तिक २४ गते शनिबार, ई.स. २०२४ नोभेम्बर ९ तिथि- कार्तिक शुक्लपक्ष अष्टमी, श्रवण- नक्षत्र, ८ः५३ बजेपछि धनिष्ठा, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२१, सूर्यास्त- १७ः१३ ।

मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।


Published :कार्तिक २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media