उद्योगधन्दा निर्वाधरुपमा सञ्चालन हुन्छन् : प्रधानमन्त्री ओली

राष्ट्रपाटी न्युज

२६ कार्तिक २०८१

विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरुपमा संचालन हुने विश्वास दिलाए।

उद्योगहरुमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “कुनै पनि हालतमा देश बिगार्न नदिन्न, उद्योगधन्दा निर्वादरुपमा सञ्चालन हुनुपर्छ ।”

प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पारे ।


Published :२६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media