तोलामै २४ सय घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

२७ कार्तिक २०८१

काठमाडौँ । सुनचाँदीकै मूल्य आज पनि घटेको छ। आज सुनको मूल्य तोलामै दुई हजार चारसय रुपैयाँले घटेको हो ।

हिजो सुन तोलामा एक हजार रुपैयाँ घटेको थियो । आइतबार पनि सुनचाँदीकै मूल्य घटेको थियो । विगत तीन दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो । यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो अर्थात प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।


Published :२७ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media