थाहा पाउनुहोस् २०८१ कात्तिक २८ गते बुधबारको राशिफल

राष्ट्रपाटी न्युज

कार्तिक २८, २०८१

काठमाडौँ । आज वि.सं २०८१ कात्तिक २८ गते बुधबार, ई.स. २०२४ नोभेम्बर १३ तिथि- कार्तिक शुक्लपक्ष द्वादशी, १०ः०६ बजेपछि त्रयोदशी रेवती- नक्षत्र, वज्र- योग, वज्र- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः२४, सूर्यास्त- १७ः१० ।

मेष : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ

मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।

सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।

कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।


Published :कार्तिक २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media