प्रवेशाज्ञाबिना प्रवेश गरेको आरोपमा दुई बंगलादेशी पक्राउ

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०८१

काठमाडौँ । प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गरेको आरोपमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टामा पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। परिचय खुल्ने कागजपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुईवटा मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी महेशराज विष्टले जानकारी दिए।

उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ। उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाउने जनाएको छ।


Published :कार्तिक २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media