डेङ्गीका कारण सांसद बिमला गौचनको निधन

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०८१

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए।

उनी नेपाली कांग्रेसबाट  समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।


Published :कार्तिक २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media