कस्तो रहला आज दिनभरिको मौसम ?

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८१

काठमाडौँ । देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा छ। साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

त्यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु लाग्न सक्ने महाशाखाको अनुमान छ ।


Published :कार्तिक ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media