रवि लामिछानेलाई आज कास्की पठाइँदै

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८१

काठमाडौँ । रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की पठाउने तयारी गरेको छ।

लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बयान लिएर सकेपछि आज उनलाई जहाजबाट कास्की पठाउने तयारी गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।

मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग सोहिदिन, बुधबार र बिहीबार गरी करिब २३ घण्टा बयान लिएको हो।

गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारीको रकम संगठित रुपमा अपचलन गरेको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित सहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन्।


Published :कार्तिक ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media