गौशालाको अतिक्रमित संरचनामा महानगरको डोजर चल्यो, सुमन सायमीसहितका तीन युवा प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालाको अतिक्रमित संरचनामf डोजर चलाएको छ । अतिक्रमित संरचनामा डोजर चलाएपछि अवरोध गर्न खोज्ने सुमन सायमीसहितका तीन जना युवाहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको छ ।

महानगरले चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।


Published :कार्तिक ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media