यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

मंसिर २, २०८१

काठमाडौँ । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानामा सफा रहने महाशाखाले जनाएको छ।


Published :मंसिर २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media