पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

राष्ट्रपाटी न्युज

मंसिर २, २०८१

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको उपचारको क्रममा पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो ।

आइतबार मध्याह्नबाट श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरुले दिउँसो २ बजे मृत्यु घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार कलेजोमा ट्युमर रहेको र उपचार भइरहेको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर २०४८ देखि २०५१ सम्म सभामुख रहेका थिए । स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


Published :मंसिर २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media