रविविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

राष्ट्रपाटी न्युज

मंसिर २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारी गरेका हुन् ।

रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

यससँगै २९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई अब जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर अनुसन्धान र बयान गराउने बाटो खुलेको छ ।


Published :मंसिर २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media