थाहा पाउनुहोस् २०८१ मंसिर ३ गते सोमबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर ३, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर ३ गते सोमबार, ई.स. २०२४ नोभेम्बर १८ तिथि- मार्ग कृष्णपक्ष तृतीया, मृगशिरा- नक्षत्र, सिद्ध- योग, वणिज- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः२८, सूर्यास्त- १७ः०८ ।

मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कन्या : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

तुला : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।


Published :मंसिर ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media