थाहा पाउनुहोस् २०८१ मंसिर ४ गते मंगलबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर ४, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर ४ गते मंगलबार, ई.स. २०२४ नोभेम्बर १९ तिथि- मार्ग कृष्णपक्ष चतुर्थी, आद्र्रा- नक्षत्र, साध्य- योग, वव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः२९, सूर्यास्त- १७ः०८ ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।


Published :मंसिर ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media