काठमाडौं । माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप हुँदा केही घाइते भएका छन् । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए ।
ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।
सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा विरोध प्रदर्शन भएको हो । पीडितहरु उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गट्ठाघर, पुल्चोकलगायत स्थानबाट जुलुस निकालेर माइतीघरमा भेला भएका थिए । थापाथलीतिरबाट आएका प्रदर्शनकारीको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गेट नजिक प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।