
बुढानीलकण्ठ। राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको टोलिले बुढानीलकण्ठ नगरपालिकाको मैत्रीपूर्ण भ्रमण गरेको छ।
समितिका सभापति मायाप्रसाद शर्माको नेतृत्वमा समितिका पदाधिकारीहरूसहितको टोलीले नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा सहितको टोलीसंग छलफल तथा भेटघाट गरेको हो। टोलीलाई स्वागत गर्दै बुढानीलकण्ठ नगरपालिकाका पदाधिकारीहरुले खादा तथा माला सहित मायाको चिनो हस्तान्तरण गरेका थिए। भेटघाट कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका गतिविधि लगायतको बिषयमा नगर प्रमुख अधिकारी तथा उपप्रमुख लामाले समितिको टोलीलाई जानकारी गराएका थिए। उक्त भेटघाट कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरु गरिमा शाह ,गोमादेवी तिमिल्सिना,सुमित्रा वि.सि.,रूक्मिणी कोइराला ,रेणु चन्द , नरबहादुर विष्ट, श्रीकृष्ण प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।
बुढानीलकण्ठ नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुखका अतिरिक्त वडाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपश्थिति रहेको थियो।
राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको टोलिले वनसँग सम्बन्धित ऐन, नियम अध्ययन, पुनरावलोकनका सन्दर्भमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित निकुञ्ज पदाधिकारीहरूसँग छलफल समेत गरेको थियो ।