सर्वोच्चले नदी किनारसम्बन्धी मापदण्डको फैसला पुनरावलोकन गर्ने

राष्ट्रपाटी न्युज

मंसिर ६, २०८१

काठमाडौँ । सर्वोच्च अदालतमा काठमाडौं उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले आज उक्त फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनुवाइ हुने भएको हो।

यसअघि, न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने मापदण्ड कायम गर्नुपर्ने उल्लेख थियो ।


Published :मंसिर ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media