आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

राष्ट्रपाटी न्युज

मंसिर ९, २०८१

काठमाडौँ । धरहरा चढ्नका लागि आज (आइतबार) देखि शुल्क लाग्ने भएको छ। स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ। यसका साथै, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।

यसका अतिरिक्त, धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ। चार पाङ्ग्रेलाई प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ शुल्क तोकिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रति घण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै सामान्य फोटोग्राफीका लागि प्रति घण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सरकारले संविधान दिवसका अवसरमा गत ३ असोजदेखि परीक्षणका रूपमा धरहरालाई निःशुल्क गरेको थियो।


Published :मंसिर ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media