थाहा पाउनुहोस् २०८१ मंसिर १० गते सोमबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर १० गते सोमबार, ई.स. २०२४ नोभेम्बर २५, तिथि- मार्ग कृष्णपक्ष दशमी, उत्तरफाल्गुनी- नक्षत्र, विष्कम्भ- योग, वणिज- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः३४, सूर्यास्त- १७ः०७ ।

मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

तुला : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृश्चिक : कार्यबोझले शारीरिक थकान बढ्नेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।


Published :मंसिर १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media