नेप्सेमा ३८.८१ अंकको वृद्धि, ९ अर्ब ३१ करोडको कारोबार

राष्ट्रपाटी न्युज

१२ मंसिर २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो। अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले आजपनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेको थियो। सो दिन ७ अर्ब ४४ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो।

आज ३१६ स्क्रिप्सको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब  ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँमा खरिद बिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र  ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।

आधा दर्जन बढि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक  गुमाए। सो कम्पनीको सेयर  १० प्रतिशतले घट्यो ।


Published :१२ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media