दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा सुतेर प्रदर्शन

राष्ट्रपाटी न्युज

मंसिर १२, २०८१

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जिवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् । आज नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो ।


Published :मंसिर १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media