आजको मौसमः तराईमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षा

राष्ट्रपाटी न्युज

मंसिर १३, २०८१

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भागमा भूभागमा आंशिक बदली रही बाँकी स्थानमा सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

त्यसैगरी राति कोशी र गण्डकीका पहाडी भागमा हल्का वर्षाको सम्भावना छ।


Published :मंसिर १३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media