थाहा पाउनुहोस् २०८१ मंसिर १५ गते शनिबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर १५ गते शनिबार, ई.स. २०२४ नोभेम्बर ३०, तिथि- मार्ग कृष्णपक्ष चतुर्दशी, १०ः०१ बजेपछि औंसी, विशाखा- नक्षत्र, १३ः०१ बजेपछि अनुराधा, अतिगण्ड- योग, शकुनि- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः३८, सूर्यास्त- १७ः०६ ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

कर्कट : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

तुला : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

वृश्चिक : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।


Published :मंसिर १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media