एनपीएलः कर्णालीलाई हराउँदै जनकपुरको दोस्रो जित

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दिँसो भएको खेलमा कर्णाली याक्सलाई हराएको छ । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले एनपीएलमा लगातार दोस्रो जित हात पारेको हो ।

अनिलको अविजित ६२ रन मद्दतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए ।

कर्णालीको लास्टको दुई ओभरले खेल रोमान्चक बनाएको थियो । कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरेका थिए । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे । अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।

कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।


Published :१७ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media