रविविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी

राष्ट्रपाटी न्युज

१९ मंसिर २०८१

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका छन् । बुधबार लामिछानेसंगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले बताए ।


Published :१९ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media