बुढानिलकण्ठ सरकारी सम्पति संरक्षण तथा उपयोग समितिद्वारा सार्बजनिक जग्गाहरुको निरीक्षण

राष्ट्रपाटी न्युज

मंसिर १९, २०८१

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाको सरकारी सम्पति संरक्षण तथा उपयोग समिति थप सक्रिय हुँदै गएको छ। आज मङ्सिर १९ गते पनि यस समितिले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का बिभिन्न स्थानका ११ वटा सार्बजनिक जग्गाहरुको निरीक्षण एबम अबलोकन कार्य सम्पन्न भएको समितिका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिएका छन्।

समितिको निरीक्षण एबम अबलोकन कार्यक्रममा वडाध्यक्ष राजु अधिकारी सहितका जनप्रतिनिधिहरु, प्राविधिक कर्मचारीहरु ,नगरप्रहरीहरु सहितको उपस्थिति रहेको थियो।

 


Published :मंसिर १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media