शुभप्रभात नेपालले भोलि शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने

राष्ट्रपाटी न्युज

मंसिर २१, २०८१

काठमाडौं। शुभप्रभात नेपालले भोलि शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रमको निरन्तरता स्वरुप शुभप्रभात नेपालले यसै शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको आयोजकले जानकारी दिएको छ ।

मंसिर २२ गते शनिवार सुकेधारा चोक प्रहरी बिट नजिक बिहान १० बजेबाट रक्तदान कार्यक्रम शुरु गरिने भएको हो ।

हाल भैरहेको रगतको अभावलाई पूर्ति गर्नका लागि रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।


Published :मंसिर २१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media