थाहा पाउनुहोस् २०८१ मंसिर २२ गते शनिबारको राशिफल

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८१

काठमाडौँ । आज २०८१ साल मंसिर २२ गते शनिबार । यस्तो छ आजको फलादेशः

मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।


Published :२२ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media