शुभ प्रभात नेपालको रक्तदान कार्यक्रममा ७७ जनाद्वारा रक्तदान

राष्ट्रपाटी न्युज

मंसिर २२, २०८१

काठमाडौं। शुभ प्रभात नेपालको आयोजनामा काठमाडौंको सुकेधारामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

समाजसेवा,परसेवा र मानव मात्रको कल्याणको परिकल्पनासहित स्थापित यो संस्थाले विगत चौध वर्षदेखि बिबिध गतिविधि गर्दै आएको छ।

आज भएको रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताहरुले रगतको दान गरेको कार्यक्रम संयोजक राममणी भट्टराईले जानकारी दिएका छन्।

रक्तदाताहरुलाई प्रमाणपत्र , संस्थाको लोगो अंकित टोपी र खाजाको समेत राम्रो ब्यवस्था गरिएको संस्थाका पुर्व अध्यक्ष बैकुण्ठ अधिकारीले जानकारी दिएका छन्।

कार्यक्रमलाई सफल पार्न योगदान दिने सवै महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा एकताको भावनासहित समाज र नागरिकहरुको सेवामा लाग्ने संस्थाका अध्यक्ष गणेश मिश्रले विश्वास व्यक्त गरेका छन् ।


Published :मंसिर २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media