बेपत्ता ग्यास बुलेटका चालक र सहचालक खोज्न गोताखोर परिचालन

राष्ट्रपाटी न्युज

२३ मंसिर २०८१

काठमाडौं । धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल –०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेट आइतबार विहान पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता छन् ।

सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने ग्यास बुलेट त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको छ ।

ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

 


Published :२३ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media