दुर्गा प्रसाई थप तीन दिन हिरासतमै रहने

राष्ट्रपाटी न्युज

२३ मंसिर २०८१

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ  ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनी माथीको अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि जिल्ला अदालत लगेको थियो ।


Published :२३ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media