चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८१

जिनान । पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका ९ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ।

रोङचेङ सहरमा रहेको ल्यानरुन नामक स्थानीय कम्पनीको स्वामित्वमा रहेको गोदाममा शनिबार आगलागी भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । (रासस/सिन्ह्वा)


Published :मंसिर २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media