रविलाई वीरगञ्ज नपुर्‍याउँदै प्रदर्शन

राष्ट्रपाटी न्युज

मंसिर २४, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई वीरगञ्ज नपुर्‍याउँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा कार्यकर्ता प्रदर्शनमा ओर्लिएका छन्।

पार्टीका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।


Published :मंसिर २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media